मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु
मोरक्को । मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।
मृतकमध्ये २५ मालीका नागरिक थिए । उक्त डुङ्गामा करिब ८० जना व्यक्ति सवार रहेको बुझिइएको छ । जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका अधिकारीहरूले जानकारी दिए ।
दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका रहेका छन् । उक्त डुङ्गा गत हप्ता नै डुबेको थियो । तर, मालीले अहिले आएर मात्र पुष्टि गरेको छ । –एजेन्सी
