एक पुरुष मृत अवस्थामा भेटिए

तु खबर संवाददाता
२०८१ पुष ९, मंगलवार ०९:५१
सांकेतिक तस्वीर

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, रमेश घरबाट ५०० मिटरमाथि गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।