महिला उद्यमी समूह र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजाना गरिएको छ । अन्तरक्रिया कार्यक्रम ग्रिन फाउन्डेसन नेपालको आयोजनामा भएको हो ।
ग्रिन फाउन्डेसनद्वारा सञ्चालित तालिम लिएका उद्यमी समूह र मकवानपुरका सञ्चारकर्मीबकीच शनिबार अन्तरक्रिया गरिएको हो ।
गैसस महासंघ मकवानपुरको हलमा भएको अन्तरक्रियामा सहभागी महिला उद्यमीहरुले बजारीकरण र व्यवस्थापकीय अनुभव प्रमुख समस्या रहेको बताएका थिए । आफूले उत्पादन गरेका सामग्रीको निश्चित बजार नहुँदा समस्या परेको उनीहरुले बताएका छन् ।
चुलोचौकोबाट माथि उठेर बजार व्यवसायमा आबद्ध भैरहँदा चूनौति पनि उत्तिकै रहेको उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै श्रमजीवि महिला काष्ठकला समूहकी अध्यक्ष विष्णु कुमारी राईले महिला समूहले उत्पालन गरेका सामग्री प्रगोगका लागि स्थानीय तहले नीति नै बनाएर जानुपर्ने बताइन् ।
लेबलिङ र प्याकिजिङ नहुँदा बनकरिया समुदायले उत्पादन गरेको अर्गानिक साबुनको बजारिकरण हुन नसकेको साबुन उद्योगकी अध्यक्ष सन्तोषी बनकरियाले बताइन् ।
कार्यक्रममा बुङदmल आयआर्जन कृषि समूह र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमी समूहले पनि आफ्नो अनुभव सुनाएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंको निर्वाचनमा विजयी भएका प्रदेश समिति र जिल्ला समितिलाई बधाई तथा सम्मान गरिएको थियो ।
बनकरिया समुदायले बनाएको गिठ्ठाको माला र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमीले बनाएको गुन्द्रुकको अचार मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार समहासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
