तीन अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से आज भने करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २ हजार ६३३ दशमलव ८७ पुगेको छ ।
गत बिहीबार १ दशमलव २३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घट्न पुगेको थियो ।
मंगलबार भने त्यो प्रवृत्तिमा सुधार आएको छ । यसदिन ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।
यस्तै, आज कारोबारमा आएका १२ उपसूचकमध्ये सात उपसूचकहरू सीमान्त रूपमा बढेका छन् भने पाँच उपसूचक घटेको छ ।
