नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदै

तु खबर संवाददाता
२०८१ मंसिर २८, शुक्रबार ०९:४४

काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन आज हुने भएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको हो ।

मतदान बिहान १० बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चल्नेछ ।

महासंघको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ ।

समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् भने महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।