आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
मध्य र पूर्वी तराइका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको पनि जनाइएको छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आगग्रह गरेको छ ।
