मकवानपुरका कवि मसान उपासकको कविता वाचन

तु खबर संवाददाता
२०८१ मंसिर २३, आईतवार १०:३८

चितवन । मकवानपुरका कवि मसान उपासकले चितवनमा कवितावाचन गरेका छन् । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गरेका हुन् ।

कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गरे । त्यसलगत्तै कवि उपासकले कविता वाचनलाई अगाडि बढाएका थिए ।

कवि उपासकले ञजानू अघि सहरतिरझ, ञछोरीको नाममाझ, ञतिमीसँगझ, ञफर्कन चाहन्छुझ, ञविकासझ र ञदेश प्रतिझलगायतको शीर्षकमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गरेका थिए ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने खालका भएको बताए ।

कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।