ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–८ प्रदीपनगर डाँडामा लु ३ त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय रामकृष्ण कुर्मी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रुपन्देहीको मायादेवी–६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा–११ गणेशनगरमा इँटा पुर्याइ फर्किने क्रममा दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
