परराष्ट्रमन्त्री राणा हेग प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा नेदरल्याण्ड्स प्रस्थान गरेकी छिन् ।
शनिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्रमन्त्री राणा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन् ।
उनले इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् ।
नेदरल्याण्ड्सको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायलयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ ।
जलवायु परिवर्तनमा राज्यको भुमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन् ।
उनले डिसेम्बर ९ अर्थात सोमबार दिनको साढे ३ देखि ४ बजे (हेगको समय) सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्नेछिन् ।
