स्वास्थ्यमा समस्या देखिएपछी धनगढीका मेयर हमाललाई दिल्ली रेफर गरियो

तु खबर संवाददाता
२०८१ मंसिर २२, शनिबार १५:२०

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा समस्या देखिएपछी उपचारका लागि दिल्ली रेफर गरिएकोछ ।

मस्तिष्क घातको समस्या देखिएपछी मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभएपछी आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताए ।

उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपी मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाई छ ।