अमर माविको ३२ औं अभिभावक भेला सम्पन्न

तु खबर संवाददाता
२०८१ मंसिर २२, शनिबार ०९:३५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ मा अवस्थित अमर माध्यमिक विद्यालय (मावि) को ३२ औं अभिभावक भेला सम्पन्न भएको छ । उक्त विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको हो ।

भेला बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जरुरी रहेको बताए । उनले सामुदायिक विद्यालयलाई तीन वटै तहको सरकारको सहयोग रहँदा पनि शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर हुनु विडम्बना रहेको उल्लेख गरे ।

मुख्यमन्त्री लामाले परम्परागत शैक्षिक प्रणाली परिवर्तन हुनुपर्नेमा जोड दिँदै प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताए । उनले रोजगारमूलक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रधानाध्यापक मालती उप्रेतीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत रेका थिए ।

साथै सो भेलामा अक्षयकोष स्थापनाका लागि सहयोग गर्ने रामकुमार वर्तौला, जानकी गिरी र भक्ति सुवेदीलाई सम्मान गरिएको थियो ।

यस्तै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विषयगत शिक्षक, उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।