आगलागी पीडितलाई खाद्यान्न सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का आगलागी पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।
मंसिर १६ गते घरगोठमा आगलागी भएको स्थानीय कालु घलानको परिवालाई खाद्यान्न सहयोग गरिएको हो ।
बिहीबार एक कार्यक्रमबीच १२ नम्वरका नवनियुक्त वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले घलानको घरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
असहज परिस्थितिमा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आफुले खाद्यान्न सहयोग गरेको जानकारी दिए ।
घलानको घरगोठमा आगलागी हुँदा घरमा रहेको लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको थियो ।
