एनपिएलमा दुई खेलः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी

तु खबर संवाददाता
२०८१ मंसिर २०, बिहीबार १७:०३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल सम्पन्न भएको हो ।

आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्ले विजयी हासिल गरे । जनकपुर बोल्ट्सले लगातार तेस्रो खेलमा पनि विजयी हासिल गरेको हो ।

यस्तै, आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको छ ।

ती दुबै खेल राजधानीथिस्त त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको हो ।