वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०८१ मंसिर २०, बिहीबार १६:०९

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

ओद्योगिक व्यवस्थापन कार्यालयले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यालयको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग भएको हो ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित कार्यालय परिसरमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

अहिले रगतको माग र वितरण व्यवस्थापन सहज रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए ।