आज मौसम मुख्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसम मुख्यतया सफा रहने जनाएको छ ।
महाशाखाले आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो ।
महाशाखाका अनुसार, हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
साथै तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको महाशाखाको भनाई छ ।
