१७ अंकले बढ्यो सेयर बजार

तु खबर संवाददाता
२०८१ मंसिर १८, मंगलवार १७:४४

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अंकले बढेको छ ।

आज कारोबार मापक नेप्से परिसूचक ० दशमलव ६४ प्रतिशतले बढेर २ हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार बजारमा ८ अर्ब ५२ करोडको कारोबार भएको छ । यसदिन कूल २४४ कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर किनबेच सो बराबरको कारोबार भएको जनाइएको छ ।

मंगलबार बजारमा १४२ कम्पनीको मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।