लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक २८, बुधबार १६:५८
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

लागूऔषध ब्राउनसुगर करिब २० ग्राम सहित २ जना बुधबार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल भट्ट र मोरङ बेलवारी नगरपालिका–५ बस्ने २१ वर्षीय टेक बहादुर पुरी रहेका छन् ।

उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ख २९९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।