ग्रिन्डलेज सहकारीको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा–१० टिसिएन रोडमा ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभा हेटौंडाको दर्शन पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो ।
साधारणसभा सहकारीका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षता एवम् हेटौंडा–१० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सहकारीका सचिव ऋषि कुमार ढकालले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गोपीप्रसाद न्यौपाने कोषको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारी उपाध्यक्ष जानुकादेवि कँडेल, सदस्य रामहरि ढकाल, लेखा समिति संयोजक सागर सापकोटा, सल्लाहकार नारायणप्रसाद कँडेल, व्यवस्थापक शंकर कुवरलगायतकाको आतिथ्यता रहेको थियो ।
सहकारीमा ६ सय ४२ जना सदस्य रहेका छन् ।
