हेटौंडामा घुम्ती शौचालय संचालन
मकवानपुर । हेटौंडा उपमहानगर पालिकाले भिडभाड तथा आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय संचालनमा ल्याएको छ ।
पानी ट्याङ्की तथा हात धुने बेशनसहितको महिला/पुरुष दुबैलाई छुट्टाछुट्टै शौचलय संचालनमा ल्याइएको हो ।
उपमहानगरपालिकाले फरेष्टी क्याम्पस र पुर्व रानी दरबार आगाडि खाली ठाउँमा शैचालय संचालनमा ल्याएको हो ।
शौचालय यस्तै अन्य ठाउँमा पनि भैदिए सबैलाई सुबिधा मिल्ने सेवाग्राहीहरु बताउँछन । उपमहानगरपालिकाले हेर्दा सामान्य तर उदाहरणीय काम गरेको भन्दै सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन् ।
