आज विश्व स्वतन्त्रता दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ कार्तिक २४, शनिबार ११:०७

काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर ९ तारिखमा मनाइने यो दिवस आज परेको हो ।

यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने गरिन्छ । यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ ।

उक्त दिवस सन् १९४७ देखि मनाउन थालिएको हो । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको मूख्य उद्देश्य रहको छ ।