यी तीन प्रदेशमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ कार्तिक २२, बिहीबार ०८:४९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।

ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने उक्त प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।