प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित बनेको हो ।
काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार, उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका पर्यटक अलपत्र परेका छन् । काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा भने उडान नियमित भइरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको उनले बताए ।
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
