सवारी दुर्घटना अपडेटः घाइते चौधरीलाई थप उपचारको लागि भरतपुर पठाइयो

तु खबर संवाददाता
२०८१ कार्तिक १६, शुक्रबार १७:४८

मकवानपुर । आज दिउँसो हेटौंडाको सानोपोखरा चोकमा भएको सवारी दुर्घटनामा परी घाइते भएका एक जनालाई थप उपचारको लागि भरतपुरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बारा जिल्लाको कोल्हबी नगरपालिका १ निवासी वर्ष २३ को दिप नारायण चौधरीलाई थप उपचारको लागि भरतपुरको सिएमसी अस्पताल पठाइएको हो ।

बा १३ च २००७ नम्वरको कारका चालकले लापरवाही गर्दा सडक किनारामा हिडिरहेका एक जना पैदलयात्रु र ना ६४ प २८३६ नम्वरकी स्कुटर चालक समेत घाइते भएकी छिन् ।

प्रत्यक्षदर्शीले बताए अनुसार उच्च गतिमा रहेको कारका चालकले बच्चालाई स्टेरिङ दिँदा सडकको दक्षिणतर्फ किनारामा हिडिरहेका पैदलयात्री र स्कुटरमा बसिरहेकी एक महिलालाई ठक्कर दिएको थियो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।