मृत अवस्थामा भेटिए ठूलोकान्छा
हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा एक जना मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–३ का ४६ वर्षीय ठूलोकान्छा चेपाङ कालिखोला भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका हुन् ।
गाउँमा घेवामा गएर कार्यक्रम सकिएपश्चात् घर फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही क्रममा आफन्तले खोजी गर्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ । मृतकको शवलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
