नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

तु खबर संवाददाता
२०८१ कार्तिक १, बिहीबार १६:१६

धनगढी । कैलालीमा बुधबार नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ती पुरुष नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।