श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
रूपन्देही । रुपन्देहीमा आफ्नै कान्छी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवदह नगरपालिका–९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा दशरथ चौधरीलाई मंगलबार बेलुकी पक्राउ गरिएको हो ।
दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको थियो । सो जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
