दक्षिणकालीबाट पक्राउ परे मकवानपुरका गोले
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेक पोष्टबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय सन्देश भन्ने मिचेन गोले रहेका छन् ।
उनलाई २ किलो ८ सय ६० ग्राम गाँजासहित सोमबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४८७७ नम्बरको टाटा सुमोलाई रोकी जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई सो परिमाणको गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
