१६ देशका राजदूतको नाम अनुमोदन (सूचीसहित)
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट १६ देशका राजदूतको नाम अनुमोदन भएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राजदूतको नाम अनुमोदन गरेको हो ।
समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार, सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरिएको हो ।
यी हुन् अनुमोद भएका राजदूतहरुः
चीन– प्रा.डा. कृष्णप्रसाद ओली
डेनमार्क– सुम्निमा तुलाधर
जर्मनी– डा.शैल रुपाखेती
भारत–शंकरप्रसाद शर्मा
इजरायल– डा.धनप्रसाद पण्डित
मलेसिया–डा.नेत्रप्रसाद तिमल्सिना
पाकिस्तान– रीता धिताल
पोर्चुगल–प्रकाशमणि पौडेल
कतार– रमेशचन्द्र पौडेल
रुस–जंगबहादुर चौहान
दक्षिण अफ्रिका–प्राडा कपिलमान श्रेष्ठ
साउदी अरब– नरेशविक्रम ढकाल
दक्षिण कोरिया– डा–शिवमाया तुम्बाहेम्फे
स्पेन– सनिल नेपाल
बेलायत– चन्द्र कुमार घिमिरे
अमेरिका–लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।
समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिले नियुक्त गर्ने जनाइएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन हुन सकेन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुने जनाइएको छ ।
