‘प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गर्नुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रजातन्त्रलाई संस्थागत सुदृढीकरण गर्न संघीय र प्रदेश सरकारले सहकार्य गरेर अघि बढुनपर्ने बताएका छन् ।
संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को अवसरमा प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारद्वारा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलहरुले आत्मसात गरेर अघि बढ्नुपर्ने औल्याए ।
उनले मुलुकको स्वतन्त्रता एवम् गणतान्त्रिक संसदीय व्यवस्थालाई दिगो एवम् जनतालाई आर्थिक र विकासको पूर्वाधारमा जोड्न सके मात्र प्रजातन्त्रणको भविष्यमाथि प्रश्न नउठ्ने उल्लेख गरे ।
अहिले जनताहरु राजनीतिक परिवर्तनको खोजीमा नरहेको प्रदेश प्रमुख शर्माको भनाई छ ।
उनले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रमुख देवकोटाले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै संविधान जारी भएको भन्दै भावी पुस्ताले आजको दिनलाई ऐतिहासिक उत्सवको रुपमा मनाउनुपर्ने बताए ।
