कांग्रेस मनहरीले तीज विशेष कार्यक्रमको आयोजना गर्दै
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । भदौ ९ गते बसेको समितिको बैठकले तीजको अवसरमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
महिला लक्षित उक्त कार्यक्रममा गाउँपालिका क्षेत्रका सम्पूर्ण राजनीतिक दललाई समेट्ने गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिए ।
कार्यक्रम भोलि भदौ १८ गते मंगलबार आयोजना गर्ने भएको हो । उक्त कार्यक्रम मनहरी–७, मनकामना मन्दिरमा सञ्चालन हुने जनाइएको छ ।
कार्यक्रममा १ नं देखि ९ नं वडासम्मका करिब ५ सय जनाको उपस्थिती रहने अनुमान गरिएको सभापति बर्तौलाले बताए ।
साथै कार्यक्रममा वृद्ध महिलाहरुलाई सम्मान पनि गरिने उनले बताए ।
