मकवानपुरमा हात्तीको आक्रमणबाट एक घरमा क्षति

तु खबर संवाददाता
२०८१ भाद्र ९, आईतवार ०८:२७

मकवानपुर । मकवानपुरको मनहरीमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ ।

मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीस्थ्ति माइला चेपाङको जस्ताले छाएको एक तले घरमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार जंगली हात्तीले घरमा क्षति पुर्याएको भनि प्रहरीलाई खबर प्राप्त भएको थियो ।

खबर प्राप्त हुनासाथ प्रहरी, स्थानीय र मध्यवती क्षेत्र पर्सा पदमपोखरी सेन्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ पुगेका थिए ।

हात्तीबाट मानवीय र चौपाया क्षति भने भएको छैन ।

त्यस्तै, प्रहरी, स्थानीय र सेना मिलि ती हात्तीलाई जंगलतर्फ लखेटिएको जनाइएको छ ।