बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एउटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख शर्माले विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक गत साउन १६ गते प्रदेश सभाबाट पारित भई प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष पेश भएको थियो ।
प्रमाणीकरण भएसँगै उक्त विधेयक ′विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ ।
