यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यस्तै, भोलि सोमबार पनि देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
