तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः मुक्तान

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम मुक्तान चयन भएका छन् ।
संघको शनिबार सम्पन्न चौँथो अधिवेशनबाट मुक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा सन्देश थिङ, सचिवमा सोमबहादुर घलान (भुवन), सह–सचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङ चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः अन्जना न्यासुर तामाङ, सशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तान चयन भएका छन् ।
यसैगरी, प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रिय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ ।
सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाएको छ । मुक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ‘तामाङ अग्रज पत्रकार २०८१’ बाट संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगदसहित सम्मानत गरिएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालुु घलान, सल्लाहकार सानु लामा दोङ, सचिव किरणमान बल, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति थियो ।