रास्वपाले बोलायो संसदीय दलको बैठक

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १६:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

रास्वपाले भोलि साउन २९ गते मंगलबार बिहान साढे १० बजे बस्ने गरी बोलाएको हो ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफल हुन सांसद मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषयमा छलफल हुनेछ ।