कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा पेस
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो ।
उक्त बैठकमा विभिन्न ११ वटा एजेण्डा पेस भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार, महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको हो ।
यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने जनाइएको छ ।
