प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १६:४३
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएलगतै प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

उक्त दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिक गरी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, क्याप्टेन के मल्ल र एक नेपाली अरुण मल्ल रहेका छन् । तीमध्ये अरुण मल्ल हेडिकप्टर पाइलट हुन् ।