भोलिदेखि मनसुन पुनः सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुने जानकारी दिएको छ । महाशाखाले तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
महाशाखाका अनुसार, भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भन्दै केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
विभागले जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने उल्लेख गरिएको छ ।
विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
