आज भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज जारी गरेको पूर्वानुमाना आज भारी वर्षाको सम्भाना रहेको उल्लेख छ ।
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन समेत आग्रह गरेको छ ।
यस्तै, महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
