बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख
मकवानपुर । बागमती प्रदेशमा प्रदेश प्रमुख फेरिएको छ । संघीय सरकारले तीन प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेसँगै बागमतीमा पनि प्रदेश प्रमुख फेरिएका हुन् ।
बागमतीमा नयाँ प्रदेश प्रमुखमा दिपक प्रकाश देवकोटा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बागमतीमा यसअघि यादवचन्द्र शर्मा प्रदेश प्रमुख थिए । नेकपा एकीकृत समाजवादी पार्टीका उनलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।
