रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण ९, बुधबार १०:३४
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

बैठक यही साउन १० गते बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

उक्त बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ ।