संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक आह्वान गरिएको छ ।
जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी बोलाइएको छ ।
त्यस्तै, आजै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।
मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।
सोही अनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।
