कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार ०८:३३

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

साथै बैठकमा सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए ।