प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ ।
उक्त बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार, आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ ।
साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयद्वारा जारी कार्यसूचीमा उल्लेख छ ।
