अनुदान कटौती सच्याउन माग गर्दै देशभरका स्थानीय तहका प्रमुख काठमाडौंमा

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १७:३०

काठमाडौं । सरकारले अनुदानको रकम नपठाएको र नयाँ बजेटमा थप कटौती गरेको भन्दै देशभरका स्थानीय तहका प्रमुखहरु काठमाडौंमा पुगेका छन् ।

गाउँपालिका र नगरपालिका प्रमुखहरू अनुदान कटौती सच्याउन माग गर्दै काठमाडौ पुगेका हुन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री वर्षमान पुनलाई भेटन काठमाडौं पुगेका उनीहरुले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् ।