प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार ०८:५२
file-photo

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने गरी बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसपछि आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।