६ संसदीय समिति बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार ६ संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।
चार वटा प्रतिनिधि सभा अन्तगतका समिति र दुई वटा राष्ट्रिय सभा अन्तगतका समिति गरी ६ वटा विभिन्न समितिको बैठक आह्वान गरिएको हो ।
बैठक सिंहदरबारभित्र समितिका आ– आफ्नै सभाकक्षमा बस्ने गरी बोलाइएको हो ।
आज राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्ने गरी आह्वान गरिएको छ ।
यस्तै, बिहान ११ बजे नै बस्ने गरी राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाएको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि बोलाइएको छ भने महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाएको छ ।
यसैगरी, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने गरी आह्वान गरिएको छ ।
