आइतबारसम्मको लागि स्थगित भयो राष्ट्रिय सभा बैठक

तु खबर संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १७:२२
file-photo

काठमाडौं । राष्ट्रिय सभा बैठक आइतबारसम्मबा लागि स्थगित भएको छ ।

शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित गरिएको हो ।

गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै नेपाली कांग्रेसले दुबै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नहुँदा आजको बैठक पनि अवरुद्ध भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।