सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो । सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच सहमति नभएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे बस्ने जनाइएको छ ।
गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै नेपाली कांग्रेसले दुबै संसद् अवरुद्ध गर्दै आइरहेको छ । कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नहुँदा आजको बैठक पनि अवरुद्ध भएको हो ।
