कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरिएको छ । कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको हो ।
यस्तै,कांग्रेसले आजै कार्यसमितिको बैठक पनि बोलाएको छ । बैठक ९ बजे दलको बैठक बस्ने गरी बोलाएको हो ।
ती दुबै बैठकमा सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध छानबिन समिति गठनको विषयमा छलफल हुने जनाइएको छ ।
